भैरहवा–मंगलबार रुपन्देहीमा ५८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८ सय २१ पुगेको छ।
मंगलबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीका ५ स्थानीय तहका २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बुटवल उपमहानगरपालिकामा १६ महिला १४ पुरुष गरी ३० जना, सिद्धार्थनगरका ८ जना, कञ्चनमा ६, रोहिणीमा ११ र देवदहमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये ९६२ जनाको विभिन्न आइशोलेशन सेन्टर र होम आइशोलेशनमा उपचार भइरहेको छ। ८३९ जना निको भएर घर फर्केका छन भने हालसम्म संक्रमण पुष्टि भएका २० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।