भैरहवा–रुपन्देहीमा बिहीबार ८२ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जना निसंक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ७०० पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार बिहीबार साँझ साढे ५ बजे सम्म ७ नगरपालिकाका थप २३ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ११ महिला, ३१ पुरुष गरी ४२ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमामा १९ जना, देवदहमा २ जना, ओमसतियामा २, सैनामैनामा ५ र रोहिणीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १५३१ जना निको भएर फर्किसकेका छन् भने ७०० जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।