बुटवल-बुटवलमा उपचाररत एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। आज शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल-१० का ७२ वर्षीय पुरुषको दिउसो पौने ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार ती पुरुषमा मिर्गौलाको समस्या थियो।