चितवन-चितवनमा एकजना डीएसपीसहित ८ जना प्रहरीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले जानकारी दिए।
आइतबार राति आएको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको र सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको उनले जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या छैन।
यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो। चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।