बुटवल-प्रदेश ५ मा सोमबार ९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गर्ने दैनिक कोभिड १९ ब्रिफिङमा मन्त्रालयलका सूचना अधिकारी डा पुष्पराज पौडेलले पछिल्लो २४ घण्टामा ९२ संक्रमित थपिएको जानकारी दिए।
सोमबार थपिएका ९२ सहित प्रदेश ५ मा कुल संक्रमितको संख्या १० हजार ४ सय २२ पुगेको छ। प्रदेश ५ मा ७ हजार ९ सय ७५ संक्रमित निको भएर घर फर्किएका छन् भने २ हजार २ सय ८५ जना सक्रिय संक्रमितहरु रहेका छन्।
सोमबार थपिएका मध्ये रुपन्देहीका ४२, गुल्मीका २७, बाँकेमा ९, पाल्पामा ५ जना हुन्। यस्तै कपिलवस्तु, दाङ र नवलपरासी पश्चिमका ३/३ जना थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै प्रदेश ५ मा पछिल्लो २४ घण्टामा २ जना थप कोरोना संक्रमितको मृत्यु भई कुल मृतकको संख्या ६८ पुगेको छ।