बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ। कोटहीमाई गाउँपालिकाका ४२ वर्षिय पुरुषको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो। उनको बिहीबार पीसीआर रिपोर्ट आएको र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
बुधबार मध्यान्ह १ बजे श्वासप्रश्वासको समस्या देखिएपछि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो। रुपन्देहीमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ।