बुटवल-रुपन्देहीमा शुक्रबार ७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २७७९ पुगेको छ। जसमध्ये ७३५ जना सक्रिय छन्।
शुक्रबार थपिएकामध्ये २५ जना महिला हुन् भने ५२ जना पुरुष हुन्।
जसअनुसार सबैभन्दा धेरै बुटवलमा १४ जना महिला र ३० जना पुरुष गरी ४४ जना, सिद्धार्थनगरमा १ जना महिला र ३ जना पुरुष गरी ४ जना, तिलोत्तमामा ७ जना महिला र १३ जना पुरुष गरी २० जना, देवदहमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, सैनामैनामा १ जना महिला, सुद्धोधनमा १ जना पुरुष, कञ्जनमा २ जना पुरुष र सियारीमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्शन केदार शाहले जानकारी दिए।
रुपन्देहीमा शुक्रबारसम्म २५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।