बुटवल-बुटवलमा उपचाररत थप २ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। बुटवल धागाे कारखानामा रहेकाे बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो। १६ गते संक्रमण पुष्टि भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको मंगलबार राती १२:५० बजे मृत्यु भएको हो।
असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको गौतमले बताए।