काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३, उदयपुरमा १९, ओखलढुङ्गामा ६, झापामा ११०, तेह्रथुमका ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १२१, संखुवासभामा ३, सुनसरीमा १०३, धनुषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १०, सिरहामा १२, काठमाडौँमा १ हजार ९१, काभ्रेमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १४७, मकवानपुरमा ६, रसुवामा २ र रामेछापमा ५ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै ललितपुरमा १६०, सिन्धुपाल्चोकमा १०, सिन्धुलीमा ३, कास्कीमा १२३, गोरखामा ११, तनहुँमा २३, नवलपरासीपूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा ७, स्याङ्जामा २५, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा १२, नवलपरासीमा ३७, पाल्पामा ३१८, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा ३१, रुपन्देहीमा १४२, सल्यानमा २, सुर्खेतमा ३, अछाममा १, कञ्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ।