बुटवल-रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवाको भीम अस्पतालमा अर्का एकजना संक्रमितको मृत्यु भएको हो।
आजै बिहान बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुटवल १७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
सैनामैनाबाट उपचारका लागि भीम अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको बिहान ६ः२०मा मृत्यु भएको भीम अस्पतालले जनाएको छ। कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनी १९ गते भीम अस्पतालमा भर्ना भएकी थिईन्।
मधुमेहको समेत समस्या रहेकी उनको बिहान ६ः२० मा मृत्यु भएको भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए। रुपन्देहीमा मृतकको संख्या ८१ जना पुगेको छ।