बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपाालिका की वडा नं ८ की ४२ बर्षीय महिलाको शुक्रबार विहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।
पुस ५ गते कोरोना पुष्टि भएकी ती महिलालाई १० गते स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।