औँलाहरूको अवस्थाले व्यक्तिको समग्र स्वास्थ्यअवस्थाको आकलन गर्न सकिने विश्वास विज्ञहरूको छ । विज्ञहरू भन्छन्– व्यक्तिको स्वास्थ्यअवस्था उसका औँलाहरूमा पढ्न सकिन्छ । औँलामा प्रतिविम्बित संकेतलाई पढेर सुरुवाती अवस्थामै गभ्मीर रोगको पहिचान गर्न सकेको खण्डमा पछि आउने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।
चिसो औँलाले के संकेत गर्छ ?
औँला चिसो भइरहनु हाइपो–थायराइडिज्मको संकेत हुन सक्छ । थायराइड ग्रन्थिबाट हर्मोनको उत्पादन कम भएका कारण यस्तो हुने गर्छ ।
के गर्ने ? थकान र मांशपेसी दुख्ने समस्या भएमा हाइपोथायराइडिज्म हुने सम्भावना हुन्छ । यसैले डाक्टरको सल्लाह लिनुहोस् । तातो वा चिसो तापमानमा रोग देखापरेमा बेवास्ता नगर्नुहोस् ।
औँलामा कठोरता मधुमेहको संकेत
यो मधुमेहको कारणले हुन सक्छ । टाइप२ मधुमेहका लक्षणमा औँलामा कठोरता, रातो रङमा कमी हो । औँला कडा हुनु तथा झमझमाउनुले छालाको ठिक तल रक्तनलीहरूलाई हानि हुने संकेत गर्छ ।
के गर्ने ? उल्लेखित लक्षणहरू लगातार तिर्खा, थकान र तौल गिरावटसँगै देखिए भने जतिसक्दो चाँडो डाक्टरलाई देखाउनुहोस् ।
औँलाको आकार र रङमा परिवर्तनले न्यून अक्सिजनको संकेत
औँलाहरूको आकारमा परिर्वतन रगतमा अक्सिजनको कमीबाट हुन्छ । यी लक्षणले फोक्सो, मुटु र पेटसँग सम्बन्धित अनियमितातर्फ पनि संकेत गर्छन् । यदि औँलाको रङमा परिवर्तन देख्न सकिन्छ भने यो छालारोग सेरोसिस हुन सक्छ ।
के गर्ने ? मुटुसँग सम्बन्धित लक्षणहरू गम्भीर हुन सक्छन्, त्यसैले डाक्टरको सल्लाहअनुसार जाँच गराउनुपर्छ । यदि सेरोसिस छ भने हल्का उपचार वा औषधि लिन सकिन्छ ।
औँलाको रौँ झर्नु रगतको कमीको संकेत
मुटुले राम्ररी रगत पम्प गर्न नसकेका कारण औँलाहरूमा रगतको कमी भएपछि रौँ झर्न थाल्छ । यस्तो अवस्थामा औँला सेतो, रातो वा वैजनी रङको देखिन्छ । यो रक्तसञ्चार वा न्युरोलोजिकल रोग हुन सक्छ ।
के गर्ने ? यी लक्षणबाहेक यदि हिँड्ने वा सिँढी चढ्ने क्रममा दुखाइ छ भने डाक्टरकहाँ जानु आवश्यक छ । रक्तसञ्चार र कोलेस्टेरोलका लागि औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
औँलाको जोर्नीमा दुखाइ केको संकेत ?
यो रुमाटोइड आर्थ्राइटिस पनि हुन सक्छ । यस रोगमा सबैभन्दा पहिले हातखुट्टाका जोर्नी प्रभावित हुन्छन् । आर्थ्राइटिसका अन्य प्रकारमा बिहान धेरै दुखाइ हुन्छ भने धेरै घण्टासम्म पीडा लगातार पनि हुन सक्छ ।
के गर्ने ? यदि जोर्नी सुन्निएको छ वा स्पर्शमा दुखाइ छ भने डाक्टरलाई भेट्न ढिला नगर्नुहोस् । उपचारसँगै दुखाइ कम औषधिको प्रयोग गर्नुपर्ने हुन सक्छ ।