काठमाडाैँ- भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त कुराको जानकारी दिँदै विहिवारदेखि नै खोप आउन थाल्ने बताए।
अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए। उनले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए । उनले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी गरे ।