काठमाडौँ - भारतले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप काठमाडौँ आइपुगेको छ। एयर इन्डियाको जहाजबाट १० लाख डोज खोप विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो। विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरिएको थियो।
अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए। खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन।
भारतमा अहिले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ। नेपाल सरकारले अक्सफोड र अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।