बुटवल-नेपालमा पछिल्लो २४ घण्टामा थप ३३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुङ्गामा ३, झापामा ४, धनकुटामा १, मोरङमा २, संखुवासभामा १, सुनसरीमा २, धनुषामा २,सप्तरीमा १, काठमाडौँमा १४६, काभ्रेमा ५, चितवनमा १२, धादिङमा १, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा २४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा २, पर्वतमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा ७, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ४, नवलपरासीमा १, पाल्पामा १, प्यूठानमा १, बर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, सुर्खेतमा १, कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ तथा बाजुरामा १ जना संक्रमित थपिएका छन्।