दाङ । कोरोनाविरुद्धको खोप कोभिशील्ड दाङ आईपुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार तीन हजार डोज खोप जिल्ला आइपुगेको हो । दुई अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालबाट खोप लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई खोप लगाइने छ । दैनिक एक सय जनाको दरले खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई खोप लगाइने छ । जसका लागि ६ जिल्लाका आठ ओटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, बाँकेको भेरी अस्पताल, बर्दिया अस्पताल, कपिलवस्तुको भिम अस्पताल, लुम्बिनी अस्पताल र पृथ्वी अस्पताल परासी खोप केन्द्र तोकिएको छ ।