काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाको खोप उपलब्ध गराउने बताएका छन्। कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सबै नेपालीहरुलाई खोप उपलब्ध गराउने बताए। ‘कुनै भेदभाव विना सबै नेपालीलाई खोप लगाइन्छ।’ उनले भने ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’
खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए। उनले थप खोप ल्याउन पनि पहल भइरहेको जानकारी दिए। कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ।