नेपालका सातै प्रदेशमा बुधवार कोभिड खोप लगाउन सुरु गरिएको छ। भारतले सहयोग दिएको १० लाख मात्रा कोभिशील्ड स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान सुरु गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीले कोरोनाभाइरसविरुद्ध खोप प्राप्त गर्ने बताएका छन्। कोभिडविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै ओलीले सबै नेपालीले निःशुल्क खोप प्राप्त गर्ने बताएका हुन्।
"तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौँ। मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ," प्रधानमन्त्री ओलीले भने। खोप नाफा कमाउने विषय हुनु नहुने र यो सबैको पहुँचमा हुनुपर्ने उनले बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए ।
उद्घाटन कार्यक्रममा भर्चूअल माध्यमबाट जोडिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाएका छन्।
सङ्क्रमणको अवस्था गत वर्षको माघ ९ गते नेपालमा पहिलो पटक कोरोनाभाइरसका सङ्क्रमित फेला परेका थिए।
पछिल्लो एक वर्षमा नेपालमा २७०,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भइसकेको छ भने २,००० बढीको ज्यान गइसकेको छ।

सङ्घीय सरकारले पठाएको कोरोनाविरुद्धको खोप बैतडीमा पु¥याउँदै । पहिलो चरणमा दुई हजार २२० डोज खोप जिल्लामा आइपुगेको हो । विनोद सिंह विष्ट÷रासस

लगाउन पोखरामा तयारी अवस्थामा राखिएको ‘कोभिशिल्ड’। तस्बिरः राधिका कँडेल/रासस

मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउने क्रममा स्वास्थ्यकर्मी । तस्बिर: रत्न श्रेष्ठ/रासस

कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप देखाउँदै चिकित्सक । तस्बिर: रोशन सापकोटा/रासस

कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । तस्बिर रोशन सापकोटा÷रासस