भैरहवा–नेपालमा कुष्ठरोग निवारण भएको एघार वर्ष भएपनि रुपन्देहीमा कुष्ठरोग निवारण भएका छैन। स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार जिल्लामा कार्तिक मसान्त सम्म १ सय ४१ जना कुष्ठ रोगका विरामी उपचाररत रहेका छन। सरकारले सन् २०२० मा कृष्ठरोग मुक्त राष्ट्र घोसणा गरेपनि नेपालका तराई जिल्लामा कुष्ठप्रभावितको संख्यामा भने कमी आएको छैन।
आर्थिक वर्ष २०७६÷०७७ मा रुपन्देहीमा १ सय २१ जनामा कुष्ठरोग पुष्टि भए पनि आवको अन्तय सम्म १ सय २६ जना विरामीले उपचार पाइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीले बताए। जिल्लामा यस आवको पहिलो चौमासिकमा मात्रै ४६ जनामा रोग पुष्टी भएको छ। बुटवल उपमहानगरपालिकामा १०, देवदह नगरपालिकामा ६, तिलोत्तमा र रोहिणी मा ५–५, सैनामैनामा ४ जना नयाँ विरामी थपिएका छन। पछिल्लो तथ्याङ अनुसार रुपन्देहीका समरीमाई, सियारी, कोटहीमाई, लुम्बिनि सास्कृतिक र मर्चवारी गाँउपालिकामा मात्र कुष्ठ रोग निवारण भएको छ ।
पछिल्लो समयमा कुष्ठरोगको प्रभाव बच्चा र महिलामा बढी भएको छ। तथ्याङकमा लुम्बिनी प्रदेश पनि निवारण भएको देखिएपनि पकेट पकेट क्षेत्रमा अझै पनि निवारण नभएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए। अन्य रोग भन्दा उपेक्षामा परेको रोगका कारण यसको निवारण हुन नसकेको गिरीले बताए ।
‘कोरोना महामारीमा हाम्रो संयमता, समय मै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने नारासहित आइतबार ६८ औँ विश्व कुष्ठरोग दिवस मनाइदै छ। कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक भेदभावलाई शुन्य बनाउन, रोगको संक्रमणलाई कुष्ठरोग शुन्य समाज निर्माण गर्न, कुष्ठरोग निवारणको स्थितीलाई दिगो राख्न चुनौती रहेको कार्यालयले जनाएको छ। १० वर्ष पहिले २०६६ माघमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ।
कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने रोग हो । कुष्ठरोग आँखाले देख्न नसकिने लेप्रे नामक शुष्म किटाणुबाट सर्ने गर्छ। छाला र स्नायुमा असर गर्ने योे रोगले छालामा रातो तथा हल्का फुस्रो रंगको दाग देखा पर्ने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्ने तथा स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाह नपाउने साथै मांशपेशीहरु कमजोर हुने लक्षण देखिन्छ। कुष्ठ रोगको खोप अझै सम्म नबने पनि सिमित औषधीको प्रयोगले पहिलो र दोस्रो चरणको कुष्ठ रोगलाई नियन्त्रण गर्न सकिन्छ। सरकारले निशुल्क रुपमा सबै सरकारी स्वास्थ्य निकाय मार्फत यो रोगको उपचार गर्ने गरेको छ।