काठमाडौँ- चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेकाे गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन्। रासस