भैरहवा- रुपन्देहीमा अनुमान गरे भन्दा ३२ प्रतिशत कम व्यक्तिले खोप लगाएका छन। स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो चरणमा जिल्लाका १० हजार फ्रन्टलाइरलाई खोप लगाउने लक्ष्य राखेपनि पहिलो चरणको खोप अभियानमा ६ जार ७ सय ९१ जनाले मात्रै कोभिड विरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका हुन ।
यो संख्या लक्ष्य भन्दा झन्डै ३ हजार २ सयले कम हो । पहिलो चरणको लक्ष्य बमोजिम खोप लगाउनमा रुपन्देही जिल्ला विफल भएको छ। एक दिन थप गरी शनिबारसम्म लगाइएको खोपमा रुपन्देहीका ६ हजार ७ सय ९१ जनाले मात्र खोप लगाएका छन्।
खोप लगाएपछि केही नकारात्मक असर हुन्छ कि भनेर केही स्वास्थ्यकर्मीहरु नै डराएको कारण खोप लगाउनेको संख्यामा कमी आएको हो। तर रुपन्देहीमा २ जनामा सामान्य ज्वारो बाहेक अन्य कुनै असर नदेखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए।
पहिलो खोप भएर पनि कतिपय व्यक्ति हिच्किचाएका हुन, कोभिड खोपको बारेमा बाहिर मानिसमा मनोवैज्ञानीक त्रास भए पनि रुपन्देहीमा उत्साहजनक नै मान्नुपर्छ । सुरुवातको दिनमा खोप लगाउनेहरुको संख्या थोरै भएपनि पछिल्ला दिनमा विस्तारै बढेको थियो।
रुपन्देहीमा शुक्रबार सोचे भन्दा पनि बढिले १२० प्रतिशतले खोप लगाएका छन अन्तिम दिन शनिबार मात्रै २१४ जना स्वास्थ्कर्मी, ७६ जना कर्मचारी १३ जना स्वास्थ्य स्वयंसेविका , १ जना एम्बुलेन्स चालक र ५ जना सव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी ३ सय ९ जनाले खोप लगाएका छन।
माघ १४ गतेदेखी रुपन्देही सहित देशभर खोप अभियान सुरु भएको थियो। अभियान अन्तर्गतको लक्षित वर्ग अनुसारको तथ्याङ्क अनुसार जिल्लाका पहिलो प्राथमिकतामा परेका ३ हजार ७ सय २८ जना स्वास्थ्यकर्मी, १ हजार ४ सय ३० जना स्वास्थ्य संस्थाका कर्मचारी, एक हजार ४७ जना महिला स्वास्थ्य स्वय सेविका, ९६ जना सरसफाई कर्मी, ६१ जना एम्बुलेन्स चालक, ४६ जना शव व्यवस्थापन सुरक्षाकर्मी, १९ जना बृद्धाआश्रमका आस्रित तथा हेरालु, ३ सय २७ जना जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी र ३७ जना अन्य जोखिमपूर्णले पहिलो खोप लगाएको कोभिड फोकल पर्सन स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
बुधबारबाट सुरु भएको खोपको अभियान पहिलो दिन २ वटा खोप केन्द्रबाट सेवा दिएपनि खोप लागउनेको संख्या दिनानुदिन बढ्दो भएकोले अवश्यकता र सहजताका लागि अन्य ३ वटा सम्म खोप केन्द्र थपेको थियो, पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा ४ हप्ता पछि फेरि खोप लगाईने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले लुम्बिनी टाइम्सलाई बताए।
दोस्रो चरणमा पत्रकारलाई
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोे चरणबाट बचेको खोप पत्रकार, कूटनीतिकक नियोगका अधिकारीहरुलाई लगाउने बताएको छ । मन्त्रालयका अनुसार बचेको खोप २६ गतेबाट पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय भएको छ । ‘त्यपछि दोस्रो चरणको अभियान सुरु हुन्छ जसको प्राथमिकतामा परेका समूहलाई फागुन १ गतेबाट खोप लगाउन सुरु हुने मन्त्रालय स्रोतले जनाएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप नेपाल आएर सबै लाई लगाइदै छ। चीन सरकारले पनि नेपाललाई पाँच लाख डोज कोभिड खोप दिने भएको छ। त्यस्तै नेपाल सरकारले आफै भारतसँग २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको छ।