दूषित खानपान र भागदौडपूर्ण जिन्दगीका कारण मानिसमा पाचनसम्बन्धी समस्या त भइ नै रहेका छन्, साथै मानिसको प्रतिरक्षात्मक प्रणाली पनि यति कमजोर भइसकेको छ कि, शरीरमा आउने स–साना बदलावले पनि सीधै चिकित्सककहाँ पुर्याइरहेको छ । जब चिकित्सकले यस्ता मानिसमा स्वस्थ रहन र प्रोटिनको सेवन गर्न भन्छन्, सबैको दिमागमा पहिले मांसाहारी आहार आउँछन् । यसका कारण जो कहिल्यै मासु खाँदैनन्, उनीहरू पनि स्वस्थ र तन्दुरुस्त हुनका लागि ननभेजिटेरियन बनिदिन्छन् । यस्ता व्यक्तिलाई लाग्छ, शाकाहारी भोजन केवल पेट भर्नका लागि मात्र हुन्छ ।
प्रोटिन र पोषकतत्त्व मासुबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने सोच पूर्णत ःगलत छ । यस्तो सोच राख्ने मानिसलाई मूर्ख भनियो भने पनि गलत हुँदैन । किनकि, यस्तो सोचका व्यक्तिलाई सायद जानकारी छैन कि, शाकाहारी आहारमा पनि केही यस्ता आहार छन्, जसमा मांसाहारी आहारको तुलनामा अधिक मात्रामा प्रोटिन, आइरन, भिटामिन तथा अन्य पोषकतत्त्व पाइन्छ । त्यति मात्र नभएर शाकाहारी जीवनशैलीलाई मांसाहारीको तुलनामा स्वस्थकर हुन्छ ।
शाकाहारी र मांसाहारी भोजनमा कुन श्रेष्ठ छ भन्ने विषयमा कैयौँपटक बहस भइसकेको छ । पहिले यस मुद्दामा मात्र धार्मिक र नैतिक दृष्टिकोणले चर्चा हुने गर्थ्यो । तर, आजकल स्वास्थ्यका लागि कुन बढी स्वस्थकर र फइदाजनक छ भन्ने दृष्टिकोणबाट चर्चा हुन्छ । मांसाहारी भोजन स्वास्थ्यका लागि शाकाहारीको तुलतामा यसकारण स्वस्थकर छैन कि, यसको सेवनपश्चात् सेवानकर्र्ता कतिपय रोगको सिकार हुने सम्भावना रहन्छ । जसरी बासी तथा दूषित खानाले हामीलाई रोगी बनाइदिन्छ, त्यसैगरी मासु, माछा र अण्डाको सेवनले पनि हाम्रो दुःख, अशान्ति र तनाव पैदा गर्ने प्रबल सम्भावना रहन्छ ।
मांसाहारी भोजनको सेवनले हामीलाई प्रोटिन त अवश्य प्राप्त हुन्छ, तर यसको सेवनपश्चात् हामी कैयौँ प्रकारका रोगको दलदलमा फस्न पुग्छौँ र कुनै गम्भीर रोगको चपेटामा फस्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । मांसाहारी भोजनको सेवन असन्तुलित बनेमा झन् अवस्था जटिल बन्ने खतारा त छँदै छ । जब कि, शाकाहारी भोजनको सन्तुलित रूपमा सेवन गर्ने मानिस स्वस्थ त हुन्छन् नै, यस्ता मानिसलाई थकानको महसुस पनि ज्यादै कम मात्र हुन्छ । जुन जनावर शाकाहारी हुन्छन्, तिनीहरू मांसाहारी जनावरको तुलनामा छिट्टै हार मान्दैनन् र अधिक परिश्रमी पनि हुन्छन् ।
उदाहरणका लागि हात्ती, गोरु, घोडा, उँटलागायतलाई लिन सकिन्छ । इंग्ल्यान्डको एक फरेन्सिक ल्याबमा यस कुराको पुष्टि भएको छ कि, कुकुरलाई यदि शाकाहारी भोजन मात्र खुवाएर राखियो भने उसमा सहनशक्ति अधिक हुन्छ । यसका अलावा मांसाहारी भोजन खाने मानिस मानसिक रूपले छिटै रोगी हुन पुग्छन्, अर्थात् मांसाहारी व्यक्ति शाकाहारीको तुलनामा डिप्रेशनमा जाने सम्भावना अधिक हुन्छ ।
मांसाहारीको तुलनामा शाकाहारी पुरुषमा हृदयाघात तथा मुटुसम्बन्धी अन्य रोगको खतरा ३० प्रतिशतसम्म र महिलामा २० प्रतिशतसम्म कम हुन्छ । यसका अलावा शाकाहारी मानिसमा ब्लड प्रेसर, डायबिटिज, डिप्रेसन, तनाव, शीघ्र बुढ्यौली, मिर्गौलारोग, अल्जाइमरजस्ता घातक रोग हुने सम्भावना नगण्य मात्र हुन्छ । अब तपाईं आफैँ अनुमान लगाउन सक्नुहुन्छ, स्वस्थ रहनका लागि शाकाहारी र मांसाहारीमध्ये कुन भोजन श्रेष्ठ छ ।