काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले बताए। बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केही समयपछि विस्तृत जानकारी दिने ढकालले बताए।कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको हो।
तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो।