बुटवल- कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु भएको छ। खोप अभियान अन्तर्गत रुपन्देहीमा ६५ वर्ष माथिका ५२ हजार ६ सय ८७ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। जिल्लाभरका ८३ वटा खोप केन्द्रबाट खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरिले जानकारी दिए।
दोस्रो अभियानको सुरुवातमा रुपन्देहीका ८ वटा पालिका ३७ वटा केन्द्रबाट मात्र खोप लगाइने छ। जस अनुसार बुटवल उपमहानगरपालिकाका १० वटा खोप केन्द्र, सिद्धार्थनगर नगरपालिकाका ५, सैनामैनाका ३, सियारी गाउँपालिका ५ वटा, मायादेवी, गैडहवा र शुद्धोधन गाउँपालिकाका चार चार वटा र कञ्चन गाउँपालिकाका २ वटा खोप केन्द्रबाट खोप लगाइने गिरिले बताए।
बाँकीमा ८ वटा पालिकामा चैत्र १ गतेबाट सुरु हुने उनले जानकारी दिए। खोप अभियानको लागि रुपन्देहीमा २ सय ५८ जना स्वास्थ्यकर्मी र २ सय ४६ जना स्वयंसेवक खटिएका छन्।
