काठमाडौं : पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् ।
आज तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ । हाल क्वारेन्टिनमा ५३ जना छन् , भने आइसोलेसनमा एक ३९० जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।