बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाका अनुसार ४५ वटा नमूना परिक्षण गरिएकोमध्ये १८ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना छन् । यससँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।