काठमाडौं : देश भर पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको ५६५ वटा पीसीआर परिक्षणमा १७९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
आजको सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनालाई जित्नेको सङ्ख्या १११ रहेको छ भने , यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल क्वारेन्टिनमा ६१ जना छन् , भने आइसोलेसनमा एक ६४७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।