भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संख्या पछिल्लो ६ महिनाकै उच्च भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। संक्रमणबाट एकैदिन ५ सय १४ जनाको मृत्यू भएको छ।
पछिल्लो समय लगातार २ दिन ५ सय भन्दा बढीको दरले मृत्युको संख्या बढेको हो। यसअघि शुक्रबार कोरोना संक्रमणका कारण ७१३ जनाको मृत्यु भएको थियो। भारतमा कोरोना संक्रमण फेरी भयावह बन्दै गएको देखिएको छ।
भारतमा अहिले कोरोना नयाँ भेरिएन्टको संक्रमण देखिएको छ भने महारमाीको दोस्रो लहर चलिरहेको छ। खुला सीमा भएको कारण नेपाल पनि उच्च जोखीममा रहेको छ ।