काठमाडौं : छिमेकि देश भारतमा कोभिड –१९को दोस्रो लहर बढेसँगसँगै नेपालमा पनि कोरोना संक्रमितको सङ्ख्या बढेको छ ।
आज देशभर नयाँ २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गरिएको थियो , जसमध्य २ सय ६६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् , भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन् । हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।
हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए ।