काठमाडौं : कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले फरक फरक कम्पनीको कोरोनाविरुद्धको खोप नलगाउन आग्रह गरेका छन् ।
पहिलो चरणमा जुन खोप लगाइएको हो, अर्को चरणमा पनि सोही खोप लगाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
कोरोनाको दोस्रो लहर दिन प्रतिदिन बढदै गइरहेको छ । छिमेकी देशहरुले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराएका छन् । भारतबाट अनुदान स्वरुप प्राप्त भएको कोभिसिल्ड कम्पनीको खोप नेपालमा पहिलो चरणमा लगाइएको थियो ।
अहिले छिमेकि देश चिनबाट कोरोना विरुद्धको सेरोभेल कम्पनीको खोप उपलब्ध भएको छ । भारत र चिनबाट प्राप्त खोप फरक फरक कम्पनीका खोपहरु हुन् ।
आजबाट उक्त कम्पनीको खोप काठमाडौं उपत्यकाका १४ भन्दा बढी स्थानबाट उक्त खोप दिइने प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
चीनबाट प्राप्त यस सेरोभेल खोप १८ देखि ५९ वर्षसम्मकाले लगाउन मिल्ने गौतमले बताए । ६० वर्षमाथिकालाई यो खोपको डोज नदिन मन्त्रालयले आग्रह पनि गरेको छ । साथै गर्भवती तथा धेरै ज्वरो आएकाले समेत यो खोप लगाउन नमिल्ने मन्त्रालयले जनाएको छ ।