काठमाडौं : कोरोनाको दोस्रो लहर बढेतर्फ ध्यान केन्द्रित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश लकडाउनको अवस्थामा जान सक्ने सङ्केत गरेका छन् ।
चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा बोल्दै कोभिडबाट बच्नको लागी आजैबाट सावधानीका उपाय अपनाऊ ,मास्क र सामाजिक दूरी कायम गर्नुपर्ने बताए । सकेसम्म जनजीवनलाई ठप्प नगरौँ । कोभिडको अवस्था भयाभय भएमा ठप्प पार्ने अवस्था पनि आउन सक्ने ओलीले बताए ।
यस संक्रमणबाट बच्नको लागी नागरीक आफै सचेत भई सरसफाईमा ध्यान पु¥याउनु पर्ने उनले बताए । खोपले पनि शतप्रतिशत सुरक्षित राख्न नसक्ने उनको दाबी छ । कोभिडका बिरामीलाई परीक्षणदेखि खोप लगाउने कामसमेत निःशुल्क गरिएको उनले बताए ।
कोभिडले पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको छ , तैपनि अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा कम असर परेको उनले दाबी गरे ।
उद्योग, व्यापार तथा व्यवसायको क्षेत्रमा निजीक्षेत्रसँग साझेदार गर्दै सरकार अघि बढ्ने उनले स्पष्ट पारे ।
व्यवसायीक क्षेत्रका लागि नीति बनाउन पनि उनले आग्रह गरे । एडभान्स पोलिसी बनाऔं, एडभान्स काम गरौं, प्रधानमन्त्री ओलीले भने, सँगै काम गरौं र देश विकासका लागि सँगै जुटेर काम गर्नुपर्छ ।