काठमाडौँ : नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन् । यो सँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ ।