बुटवल : रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको अस्थाई कोरोना विषेष अस्पतालमा प्युठान स्वर्गद्वारी-९ का पुरुष र रुपन्देही तिलोत्तमाकी महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४३ वर्षीय पुरुष र ७१ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।
चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको प्युठानका संक्रमितकाे सोमबार विहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। यसअघि सोही अस्पतालमा नवलपरासीका अर्का कोरोना संक्रमितकको मृत्यु भएको हो ।