बुटवल- गत चैत्र २४ गते लुम्बिनी प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । भोलीपल्ट झण्डै दोब्बर नजिक २६ जनामा संक्रमण पुष्टी भएको थियो। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बैशाख ७ गते लुम्बिनी प्रदेशमा ४ सय ५२ संक्रमित थपिएका छन्। चैत्र २४ गते यता १५ दिनकाे अवधिमा दैनिक संक्रमण दर ३० गुनाले बढेकाे हाे । चैत्र तस्रो हप्ताबाट लुम्बिनी प्रदेशमा कोरोना संक्रमणदर बढिरहेको छ।
१५ दिनको अवधिमा कोरोना भाइरस संक्रमणबाट २७ जनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। चैत्र २५ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ रहेकोमा बैशाख ७ गतेसम्म १ सय पुगेको छ।
यस बिचमा अस्पतालको आइसियुमा भर्ना हुने संक्रमितको संख्या समेत तिब्र रुपमा बृद्धि भएको छ । १५ दिन अघि प्रदेशका विभिन्न अस्पतालका आइसियुमा २४ जना संक्रमित रहेका थिए । बैशाख ७ गते ९४ जना पुगेका छन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारण नेपालमा चैत्र ११ गतेदेखी लकडाउन भयो। बैशाख १९ गते लुम्बिनी प्रदेशमा पहिलो संक्रमण देखा परेको थियो। सो दिन रुपन्देही र बाँकेमा एकै दिन दुइ जनामा संक्रमण देखिएको थियो । त्यसपछि क्रमश संक्रमण दर बढ्दै गइ कात्र्तिकमा उचाइमा पुगेको थियो।
बढ्दो संक्रमणका बाबजुत पनि कात्र्तीकबाट लकडाउन खुकुलो भएको थियो । मंसिर महिनाबाट कोरोना संक्रमणदर कम हुँदै पुसदेखी फागुनसम्म जनजिवन सामान्य भएको थियो । कोरोना संक्रमणबाट फाट्ट फुट्ट मात्र मृत्युका घट्ना भएका थिए । अस्पतालका आइसियुमा विरामीको संख्या पनि कम थियो।
केही हप्ता अघि भारतका विभिन्न शहरमा कोरोना संक्रमण देखियो । संक्रमणका कारण त्यहाँका विभन्न ठाउँमा लकडाउन गरिएको छ। भारतमा देखा परेको संक्रमण नेपालमा पनि प्रवेश ग¥यो ।
पछिल्लो समय संक्रमण देखिएकाहरु भारतबाट आएका र उनीहरुको नजिकका व्यक्तिमा देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरिले बताए। ‘बाहिरबाट आएका मान्छे जहाँ गएका छन् । त्यहाँ मात्र समूह-समूहमा मात्र देखीएको छ। समुदायमा अझै फैलिसकेको छैन।’ उनले भने ‘बाहिरबाट आउने मान्छेहरुको स्कृन टेष्ट त गरिरहेका छौं। ८५ प्रतिसत मान्छेमा लक्षण नै देखिदैन।’ गिरिले नेपाल प्रवेश गरेकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको बताए। उनले सरकारले गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिने र अस्पतालहरुमा पूर्वाधार थपिने बताए।
कोरोनाले पुन जनजिवन प्रभावित पारेको छ । सरकारले पनि कोरोना प्रभावित शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै सिनेमा हल, डान्स, दोहोरी, सभा सम्मेलन, जुलुसहरु नगर्न भनेको छ। साथै विवाह व्रतबन्ध लगायतका कार्यमा २५ जना भन्दा बढी सहभागी नहुने पनि सुचित गरिसकेकाे छ।