काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ४८६ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ । संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् । हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारिन्टिनमा छन् ।
नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् ।
पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । समुदायस्तरमा फैलिएको संक्रमण रोक्न सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।