बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै पहलमा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको जनाएको छ। गत वर्ष कोरोना संक्रमण बढेसँगै तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो।
संक्रमण बढेसँगै अहिले पनि उपकरण व्यवस्थापन गरेर आइसोलेसन सेन्टर तयारी अवस्थामा राखीएको नगरपालिकाका जनस्वास्थ्य निरिषक केशव भट्टराइले जानकारी दिए। स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको नियमित सेवालाई वडा नम्बर २ को कार्यालयमा स्तानान्तरण गरिएको छ।
गत वर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए।आइसोलेशन सेन्टरमा आवश्यक अक्सिजनसँगै एक÷एक जना चिकित्सक तथा नर्सको व्यवस्था गरिएको भट्टराइले जानकारी दिए।
२० शैंयाको सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ। केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।