बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा एक सय २१ सहित जिल्लामा हालसम्मकै सबैभन्दा धेरै जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार तिलोत्तमा नगरपालिकामा ५४, सिद्धार्थनगर नगरपालिकामा ४२, सैनामैना नगरपालिकामा १२, देवदह नगरपालिकामा ११, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६, शुुद्धोधन गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी तथ्याङ्क अनुसार ओमसतिया, कञ्चन र सियारी गाउँपालिकामा तीन÷तीन जना, मायादेवी गाउँपालिकामा दुई र कोटहिमाई गाउँपालिकामा एक जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आज थपिएकासँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा रुपन्देहीमा एक संक्रमितको मृत्यु भएको छ । यस सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।