बुटवल । कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको एक महिनाभन्दा धेरै भइसकेको थियो, ५५ बर्षीय राजिन्द्र बर्मामा कोरोना पोजिटिभ देखियो । कुरा मार्च १४ को हो । त्यसको दुई दिनअघि बर्मालाई ज्वरो आएको थियो । अलिकति रुघा पनि थियो । ‘म अव त्यती बैंसको छैन, थकाई र मौसम परिवर्तनले गर्दा चिसो लागेको होला जस्तो लागेको थियो,’ उनले भने । एकै दिनमा उनको तापक्रम एक सय तीन डिग्री पुग्यो र शरिर दुख्न थाल्यो । ‘म भित्र आगो सल्किरहेछ जस्तो अनुभव भएको थियो,’ उनले भने ।
बर्मा चन्डिगढको एउटा सरकारी मेडिकल कलेजमा सेक्युरिटी गार्ड थिए । स्वास्थ्य संस्थाको स्टाफको रुपमा उनले जनवरी १६ मा पहिलो डोज र फेब्रुअरी १३ मा दोस्रो बुस्टर डोज खोप लगाएका थिए । ‘म फेरि पोजिटिभ हुन्छु जस्तो लागेको थिएन । खोप लगाएपनि फरि कोरोना लाग्ला भनेर कसैले पनि हामीलाई थाहा दिएको थिएन,’ उनले भने ।
बर्मालाई के थाहा थिएन भने, पूर्णरुपमा खोप लगाइसकेपछि पनि फेरि संक्रमण हुन सक्छ । पहिलो कारण यो हो कि पहिलो खोप लगाएपछि प्रतिरक्षा प्रणाली विकास हुन करिब ४५ दिन लाग्छ । दोस्रो कारण, खोपले संक्रमण रोक्ने होइन बरु संक्रमणबाट हुनसक्ने जटिलताहरुलाई कमी गर्ने हो ।
देशभरका धरै स्वास्थ्यकर्मीहरु तथा फ्रन्टलाईनका कामदारहरु खोप लगाएपछि पनि फेरि कोरोना पोजिटिभ देखिएका छन् ।
‘दोस्रो डोज लगाएको १५ दिनपछि पूर्ण प्रतिरक्षा विकास हुन्छ,’ भाइरोलोजिस्ट तथा अशोक विश्वविद्यालयको त्रिवेदी स्कुल अफ वायोसाइन्सका निर्देशक डा शाहिद जमिलले भने । खोप लगाउने पहिलो समूहको रुपमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले पहिलो डोज लगाएको करिब २८ दिनमा दोस्रो डोज लगाएका थिए । यसको अर्थ, स्वास्थ्यकर्मीले करिब ४५ दिनपछि मात्रै पूर्ण प्रतिरक्षा विकास गर्न सक्थे ।
मध्यप्रदेशको नेताजी सुवास चन्द्र बोस मेडिकल कलेज जबलपुरका ३५ बर्षीय आवासीय डाक्टर मनिस महोवियाले खोप लगाएपनि प्रतिरक्षा विकासमा देखिने ‘लुप होल’ बारे त्यती हेक्का राखेका थिएनन् । मार्च १५ मा उनीमा संक्रमण देखियो । उनी अचम्मै परे किनभने जनवरी २९ मा उनले पहिलो र फेब्रुअरी २९ मा दोस्रो डोज खोप लगाएका थिए । ‘मलाई कोभिड हुनसक्छ भनेर कहिल्लै हेक्का आएको थिएन,’ उनले भने,‘केही दिन आफैंले औषधी लिएँ । ज्वरो १०३ डिग्री कटेपछि कोभिड टेस्ट गराएँ । मैले पुरै महामारी सबै सुरक्षाका उपायहरु अपनाउँदै र आफ्नो स्वास्थ्यलाई लिएर डराउँदै कोभिड–१९ को ड्युटीमा नै विताएँ । अब मेरो जीवन सामान्यतामा फर्कन्छ कि भन्ने लागेको मात्र के थियो, पोजिटिभ भइहालेँ ।’
नयाँ अध्ययनहरुले देखाएका छन्, दुई डोजबीचको अवधी लामो राख्ने हो भने कोभिशिल्डको प्रभावकारिता बढ्छ । यसलाई आधार मान्दै केन्द्रीय स्वास्थ्य मन्त्रालयले प्रान्तहरुलाई २२ मार्चमा कोभिशिल्डका दुई डोजहरुको आवधीक दुरी ६ देखि ८ महिनासम्म लम्ब्याउन निर्देशन दिएको थियो ।
मैले मेडिकल रिसर्च काउन्सिलअन्तर्गतको पूर्व महामारी तथा संक्रामक रोग विभाग डा ललित कान्तसँग कुराकानी गरेको थिएँ । ‘डोज लगाएपछि मानिसहरुमा प्रतिरक्षा विकास हुँदैन भन्ने होइन । कुरा यसो हो, पहिलो डोज लगाएका मानिसहरु भाइसरसँग सम्पर्कमा आएमा पहि भन्दा अहिले नै संक्रमित हुनसक्ने जोखिम रहन्छ,’ उनले भने,‘यद्यपि, संक्रमणबाट हुनसक्ने रोगहरुबाट चाहीँ खोप लगाएकाहरु नलगााएकाभन्दा बढी सुरक्षित हुन्छन् ।’
खोप लगाएपछि संक्रमण देखिएपनि त्यस्ता संक्रमणले जटिल रोगहरु भने निम्त्याउँदैनन्, खोप लगाउनुको फाइदा यहीँ हो । खोप लगाएकाहरु लक्षण विनाका संक्रमणवाहक हुन सक्छन् । ‘खोपले कोरोनाका कारण लाग्ने जटिल रोगहरु लाग्नबाट बचाउँछ, अस्पतालमा भर्ना हुनबाट बचाउँछ र मृत्युदर घटाउँछ,’ पुणेको ईण्डियन इन्स्टिच्युट अफ साइन्स एण्ड रिसर्चकी फ्याकल्टी सदस्य विनिता बलले बताए ।
–भारतको दिल्लीबाट प्रकाशित हुने काराभान मासिकको सहयोगमा तयार पारिएको