बाँके । लुम्बिनी प्रदेशको बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिला, नेपालगञ्ज-९ का ४२ वर्षीय पुरूष, बर्दियाको बढैयाताल गाउँपालिका -८ का ३२ वर्षीय पुरूष र नेपालगञ्ज-५ का ५५ वर्षीय पुरूषको मृत्यु भएको छ ।
योसहित बाँके जिल्लाका मात्रै १०६ जना र बाँके जिल्ला बाहिरका थप १०९ जना कोरोना संक्रमितको हालसम्म मृत्यु भएको फोकल पर्सन तेज वलीले बताए।