काठमाडाैँ- खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। पिसिआर परिक्षणको क्रममा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको थापाले बताए।
संक्रमण भएपनि आफ्नो स्वास्थ् अवस्था सामान्य रहेको उनले बताए। संक्रमित थापा घरमै आइसोलेसनमा बसेका छन्। चार दिन अघि छोरीलाई कोरोना संक्रमण पुष्टी भएकाले उनले पनि परिक्षण गराएका हुन् ।
यस अघि उर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कोरोना संक्रमित भएर अहिले आइसोलेसनमा छन्।