बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङमा दुई र बाँकेमा चार जनाको मृत्यु भएको हो ।
दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ की ४७ बर्षीया महिला, कपिलवस्तुको कृष्णनगरनगरपालिका वडा नं. ५ का ५१ वर्षीय पुरुष, नेपालगञ्ज १० की ५५ वर्षीया महिला र बाँकेकै कोहलपुर नगरपालिका वडा नं. ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।
यो सँगै बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने बाँकेमा उपचारका लागि लगिएका बाहिरी जिल्लाका संक्रमितमध्ये ११७ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताए । बाँकेमा हालसम्म कोरोना संक्रमित २३५ जनाको मृत्यु भएको छ।