काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। ढकालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी गराएका छन् । उनले आजको परीक्षणबाट कोरोना संक्रमण देखिएको र दुवै जनाको अवस्था सामान्य रहेको उल्लेख गरेका छन्।
आफूहरुको स्वास्थ्य सामान्य रहेको जानकारी दिँदै उनले सम्पर्कमा आएका सबैलाई सावधानी र सजगता अपनाउन अनुरोध गरेका छन्। यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणि थापालाई पनि कोरोना संक्रमण भएको थियो।