काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । सामाजिक सञ्जाल मार्फत उनले आफू संक्रमित भएको जानकारी गराएका छन् । संक्रमति शर्मा डेरामै अस्पतालमा रहेका छन्।
आफूलाई लक्षणले च्यापेको तर मनोबल उच्च रहेको भन्दै उनले सजक बन्न समेत आग्रह गरेका छन्। ''ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज बिहानिपख रिपोर्ट पोजेटिभ । टेकु अस्पतालका डाक्टर मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ - सजग बनौ'' सामाजिक सञ्जालमा उनले लेखेका छन्।