बुटवल । जिल्ला स्वास्थ्य कार्यालले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५७९ जना कोरोना संक्रमित थपिएका छन् । तथ्याङ्क अनुसार १ हजार २ सय ८४ जनामा परिक्षण गरिएकोमा उक्त संख्यामा पोजिटिभ देखिएको हो । उक्त अवधिभर जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका छन् । बुटवलमा २ सय ५१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै सिद्धार्थ नगरपालिकामा ९०, तिलोत्तमा नगरपालिकामा १ सय ३५, सियारी गाउँपालिकामा ८, देवदह नगरपालिकामा २०, गैडहवा गाउँपालिकामा एक, मायादेवी गाउँपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सैनामैना नगरपालिकामा ३२, ओमसतिया गाउँपालिकामा १४, कञ्चन गाउँपालिकामा १२, रोहिणी गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा ९ र सम्मरीमाई गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालये जनाएको छ ।
मृत्युदर २ प्रतिशत
हालसम्मको तथ्याङ्क विष्लेशण गर्दा जिल्लामा हरेक सय जना कोरोना संक्रमितमध्ये दुई जनाको मृत्यु हुने गरेको पाइएको छ । यो अघिल्लो लहरको कोरोना संक्रमणको भन्दा निकै धेरै हो ।
अहिलेको अवस्थामा कुल संक्रमितको २९ प्रतिशत सक्रिय संक्रमित रहेको र ६९ प्रतिशत निको भएको तथ्याङ्कले देखाउँछ ।
सक्रिय संक्रमितहरुमध्ये एक सय ३१ जनामो लक्षण देखिएको र उनीहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि राखिएको छ । बाँकी तीन हजार ९ सय ७ जनामा भने कुनै पनि लक्षणहरु नदेखिएकाले उनीहरुलाई होमआइसोलेसनमा राखिएको बताइएको छ ।