बुटवल । रुपन्देहीको बुटवलमा रहेको कोरोना विषेश अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
बैशाख १७ गते कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना हुन आएका ती पुरुषमा ज्वरो र स्वासप्रस्वासमा समस्या आएर आज विहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।