बुटवल । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाभर ७ सय ९७ कोरोना संक्रमित थपिएका छन् । एकैदिन थपिने कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च रहेको स्वाथ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै जिल्लामा चार हजार ६ सय ७६ जना सक्रिय संक्रमित पुगेकाछन् भने हालसम्म मृत्यु हुनेको संख्या दुई सय २० पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका छन् । कार्यालयका अनुसार तीन सय ५२ जना रहेका छन् । सिद्धार्थ नगरपालिकामा एक सय ४८ जना, तिलोत्तमा नगरपालिकामा एक सय ५८ जना, सियारी गाउँपालिकामा ८ जना, देवदह नगरपालिकामा ४२ जना, गैडहवा गाउँपालिकामा तीन जना, मायादेवी गाउँपालिकामा ५ जना तथा मर्चवारी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै सैनामैना नगरपालिकामा ३५ जना, ओमसतिया गाउँपालिकामा २२ जना, कञ्चन गाउँपालिका ६, रोहिणी गाउँपालिकामा १९, लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक जना र शुद्धोधन गाउँपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।