बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका–४की २७ वर्षीय महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् । अस्पतालका अनुसार कोरोना विषेश अस्थायी अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिवर क्लिनिकमा नै उपचारका लागि राखिएको थियो ।