बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ५ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार १३ जनाको मृत्यु भएको छ ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ ।
छिल्लो २४ घण्टामा एक हजार तीन सय २९ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । तथ्याङ्क अनुसार जिल्लामा २ सय ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै सिद्धार्थ नगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सियारीमा ५, देवदहमा ३६, गैडहवामा ३ र मायादेवीमा ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै सैनामैनामा ३३ जना, ओमसतियामा ७ जना, कञ्चनमा १२ जना, रोहिणीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा १३ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो ।