भैरहवा -नेपाली काङ्ग्रेस जिल्ला समिती रुपन्देहीले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ । कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेको भन्दै आइसोलेसनको लागि कार्यालय उपलब्ध गराउन लागेको कांग्रेसले जनाएको छ।
भैरहवा स्थित भिम अस्पतालको पछाडी रहेको कांग्रेसको जिल्ला कार्यालयमा दुई वटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको छ। उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिए।
सरोकार वाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गभिर बन्न आग्रह गर्दै उनले कोहि पनि कोभिडका बिरामिलाई उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफुहरु पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवश्यक अरु सहयोग समेत गर्ने उल्लेख गरे।