बुटवल- कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो छ ।
२२ गते नै भर्ना भएकी बुटवल –११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए। योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।